Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

बक्यौता लिएन भने देश चल्छ कसरी :शेखर

बक्यौता लिएन भने देश चल्छ कसरी :शेखर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १०, २०८१ शनिवार • ०७:४३:४६ बजे
  • 754
    SHARES
  • बक्यौता लिएन भने देश चल्छ कसरी :शेखर

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उद्योगीसँग विद्युत् बक्यौता उठाउन विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सही कदम चालेको बताएका छन् ।

    images

    उद्योगीसँग विद्युत् बक्यौता उठाउने विषयमा सरकार र विद्युत् प्राधिकरणबीच चलिरहेको विवादमा सत्तारुढ दलकै नेताले यस्तो बताएका हुन् । शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले कुलमानको इस्यूमा सरकार अघि बढेको छ ।

    अस्ति बोर्डको बैठकमा कुलमान जी र मन्त्रीजीको कुरा मिलेन रे । अर्बौँको बक्यौताको कुरा छ । देश ऋण लिएर चलिरहेको छ, सरकार भन्छ – अहिले बक्यौता नलेऊ, बक्यौता लिएन भने देश चल्छ कसरी ?’ प्राधिकरणले बक्यौता नबुझाएको भन्दै शुक्रबार उद्योगको लाइन काटेको थियो ।

    यस्तै, कोइरालाले वर्तमान सरकारले सय दिनमा लक्ष्यअनुसारको काम गर्न नसकेको बताए ।

  • सम्बन्धित विषय:

  • # शेखर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology