Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इजरायली हमलालाई अमेरिकाले भन्यो ‘भयानक’

इजरायली हमलालाई अमेरिकाले भन्यो ‘भयानक’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०८१ बुधवार • ०६:३४:३१ बजे
  • 523
    SHARES
  • इजरायली हमलालाई अमेरिकाले भन्यो ‘भयानक’

    उत्तरी गाजाको बेत लाहिया सहरमा इजरायली हमलालाई अमेरिकाले ‘भयानक’ भनेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आक्रमणमा परी कम्तीमा ९३ जनाको मृत्यु भएको वा बेपत्ता भएको बताएको छ ।

    images

    राहतकर्मीहरूले पाँच तले भवनलाई निशाना बनाएको बताएका छन्। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले भने, ‘यस घटनामा सर्वसाधारणको ज्यान गएको रिपोर्टबाट संयुक्त राज्य अमेरिका चिन्तित छ। यो भयानक घटनाको भयानक परिणाम थियो।’ मिलरले आक्रमणमा दुई दर्जन बालबालिका मारिएको रिपोर्टलाई औँल्याए। उनले भने, ‘हालैको आक्रमणमा सर्वसाधारणको मृत्युले हामीलाई यो युद्ध किन अन्त्य गर्न आवश्यक छ भन्ने स्मरण गराएको छ।’

    इजरायली रक्षा बल (आईडीएफ) ले उत्तरी गाजामा विगत दुई सातादेखि आक्रमण गरिरहेको छ। यहाँ जबलिया, बेत लहिया र बेत हनौन जस्ता सहरलाई लक्षित गरिँदैछ। इजरायलले उत्तरी गाजामा हमासलाई निशाना बनाएको बताएको छ।

    इजरायली सेनाले भने, ‘हामीले आज (मंगलबार) बेत लाहिया क्षेत्रमा सर्वसाधारण मारिएको रिपोर्टहरू देख्यौँ।’ इजरायलले हमासका लडाकुहरूले सर्वसाधारणलाई ढालको रूपमा प्रयोग गरेको आरोप लगाएको छ। हमासले यो दाबी अस्वीकार गरेको छ ।

  • सम्बन्धित विषय:

  • # इजरायली हमला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology