Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक मिसाइल

उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक मिसाइल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०८१ बिहिवार • ०५:२४:३४ बजे
  • 547
    SHARES
  • उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक मिसाइल

    दक्षिण कोरियासहित छिमेकी देशसँग रुष्ट उत्तर कोरियाले समुद्रतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

    images

    उत्तर कोरियाले पूर्वी तटबाट समुद्रतर्फ एउटा इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आई.सी.बी.एम.) प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

    उत्तर कोरियाले स्थानीइ समय अनुसार विहीबार बिहान ७ बजेर १० मिनेटमा मिसाइल प्रहार गरेको थियो । यसअघि दक्षिण कोरियाले बुधबार मात्रै आगामी पाँच नोभेम्बरमा अमेरिकी चुनाव हुनुभन्दा अगाडि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गर्ने जनाएको थियो ।

    नभन्दै उत्तर कोरियाले आज बिहान ब्यालेस्टिक मिसाइल नै प्रहार गरेको छ । पछिल्लो समय उत्तर कोरिया छिमेकी देशहरुप्रति आक्रामक देखिएको छ ।

    यसअघि दक्षिण कोरियालाई जोड्ने एक सडक उत्तर कोरियाले बम विष्फोट गराएर भत्काएको थियो । उत्तर कोरियाको गतिविधिलाई छिमेकी देश जापान, दक्षिण कोरिया र अमेरिका समेतले चासोपूर्वक हेरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # ब्यालेस्टिक मिसाइल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology