Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

स्पेनमा बाढीमा परी ९५ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक

स्पेनमा बाढीमा परी ९५ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०८१ बिहिवार • ०५:४४:१३ बजे
  • 499
    SHARES
  • स्पेनमा बाढीमा परी ९५ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक

    स्पेनमा आएको बाढीमा परी ९५ जनाको मृत्यु भएको छ । कयौं व्यक्तिहरु बेपत्ता छन् ।

    images

    मंगलबार स्पेनको पूर्वी प्रान्त भ्यालेन्सिया र त्यस आसपासका क्षेत्रमा भएको मुसलधारे वर्षापछि बाढीपहिरो आएको थियो । भारी वर्षाका कारण पुल, भवन लगायतका भौतिक संरचनामा क्षति पुगेको छ ।

    बस्तीहरु डुबानमा परेपछि मानिसहरु ज्यान जोगाउन घरका छत र रुखमा चढेका थिए । देशको स्थिति खराब भएपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले तीन दिन राष्ट्रिय शोक घोषणा गरेका छन् ।

    सरकारी अधिकारीहरुका अनुसार खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ । भ्यालेन्सियामा मात्रै ९२ जनाको मृत्यु भएको तथ्यांक छ ।

    भ्यालेन्सियाको पश्चिमी तटीय क्षेत्रमा ७ वर्षीय ब्रिटिश नागरिकसहित अरु तीन जना पनि मृत फेला परेको बीबीसीले जनाएको छ । मिडिया रिपोर्टहरुका अनुसार स्पेनमा बाढीका कारण सन् १९७३ पछिकै खराब अवस्था देखिएको छ । त्यतिबेला बाढीमा परी १५० जनाको मृत्यु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय शोक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology