Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बार्सिलोनामा बाढीका कारण उडानहरू रद्द, रेल सेवा ठप्प

बार्सिलोनामा बाढीका कारण उडानहरू रद्द, रेल सेवा ठप्प

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०८१ मंगलवार • ०४:११:३९ बजे
  • 520
    SHARES
  • बार्सिलोनामा बाढीका कारण उडानहरू रद्द, रेल सेवा ठप्प

    स्पेनको बार्सिलोना सहर सोमबार बाढीको चपेटामा परेको छ । स्पेनको मौसम विभागले बार्सिलोनाको क्याटानियालाई रेड अलर्टमा राखेको छ। यस बाढीको प्रभाव स्पेनको दोस्रो ठुलो बार्सिलोना विमानस्थलमा पनि देखिएको छ ।

    images

    यसका कारण ८० उडान रद्द वा समय परिवर्तन गरिएको छ । उक्त क्षेत्रमा अहिले रेल सेवा बन्द गरिएको छ । गत हप्ताको सुरुमा स्पेनको भ्यालेन्सिया सहरमा भारी वर्षाका कारण कम्तीमा २१७ जनाको मृत्यु भएको थियो ।

    त्यहाँको भूमिगत पार्किङमा फसेका मानिसहरूलाई बाढी राहतकर्मीहरूले खोजिरहेका छन्। स्पेनमा बाढी आएपछि राहत कार्यलाई लिएर जनतामा चर्को आक्रोश छाएको छ ।

    बाढीको चेतावनी राम्रो भएको भए यत्रो ठुलो क्षति हुनबाट जोगिन सक्ने पनि सर्वसाधारणको गुनासो छ ।

  • सम्बन्धित विषय:

  • # रेल सेवा ठप्प
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology