Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाकिस्तानको क्वेटा रेलवे स्टेसनमा विस्फोट, चार जनाको मृत्यु

पाकिस्तानको क्वेटा रेलवे स्टेसनमा विस्फोट, चार जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०८१ शनिवार • ०५:५५:३३ बजे
  • 1.0K
    SHARES
  • पाकिस्तानको क्वेटा रेलवे स्टेसनमा विस्फोट, चार जनाको मृत्यु

    पाकिस्तानको बलुचिस्तानको क्वेटा सहरको रेलवे स्टेसनमा शनिबार बिहान बम विस्फोट भएको छ ।

    images

    यस विस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएको बताइएको छ । घटनाको बारेमा बीबीसीलाई जानकारी दिँदै बलुचिस्तानका स्वास्थ्य संयोजक अधिकारी वसिम बेगले भने, ‘कम्तीमा चार जनाको शव सिभिल अस्पतालमा ल्याइएको छ।’

    यता, क्वेटाका एसएसपी अपरेसन मुहम्मद बलोचले भने, ‘क्वेटाबाट रावलपिंडीका लागि जाफर एक्सप्रेसका यात्रुहरू रेल आउनको लागि पर्खिरहेका बेला रेलवे स्टेसनमा विस्फोट भएको थियो। उक्त समयमा अधिकांश यात्रु प्लेटफर्ममा उपस्थित थिए।’

    घाइतेहरूलाई सिभिल अस्पताल र क्वेटाको ट्रमा सेन्टरमा रिफर गरिएको छ। रेलवे स्टेसनमा विस्फोट हुनुको कारण भने खुल्न सकेको छैन ।

  • सम्बन्धित विषय:

  • # चार जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology