Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इजरायलले लेबनानमा गरेको आक्रमणमा २३ जनाको मृत्यु

इजरायलले लेबनानमा गरेको आक्रमणमा २३ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०८१ सोमवार • ०४:४६:३७ बजे
  • 988
    SHARES
  • इजरायलले लेबनानमा गरेको आक्रमणमा २३ जनाको मृत्यु

    इजरायलले लेबनानमा गरेको आक्रमणमा सात बालबालिकासहित २३ जनाको मृत्यु भएको छ । राजधानी बेरुतको उत्तरी क्षेत्र बायब्लोस नजिकको अलमत भन्ने स्थानमा इजरायलले आक्रमण गर्दा २३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images

    इजरायलको रक्षा बलले भने हिजबुल्लाह बसेको स्थानमा आक्रमण गरेको दाबी गरेको छ । सर्वसाधारण नागरिकलाई क्षति नपुगोस् भनेर पर्याप्त ध्यान दिइएको इजरायलको दाबी छ । त्यसअन्तर्गत हवाई निगरानी र सटिक गुप्तचर परिचालन गरिएको थियो । इजरायलले पछिल्लो समय इरान समर्थित लेबनानको सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।

    शनिबार मात्रै इजरायलले गरेको आक्रमणमा ५३ जनाको मृत्यु भएको थियो । इजरायलले हमासविरुद्ध गाजा क्षेत्रमा पनि आक्रमण जारी राखेको छ । आइतबार दुई वटा घरमा आक्रमण हुँदा ३० जनाको मृत्यु भएको थियो । गत वर्ष अक्टुबर ७ मा प्यालेस्टाइन भूमिबाट इजरायलमा घुसेर हमास लडाकुहरुले आक्रमण गर्दा १० नेपालीसहित करिब १ हजार २०० जनाको मृत्यु भएको थियो ।

    हमासले नेपालका विपिन जोशीसहित २५१ जनालाई बन्धक बनाएको थियो । हमासले बन्धक बनाएका केहीलाई रिहा गरे पनि विपिनको अवस्था अज्ञात छ । हमासले आक्रमण गरेलगत्तै इजरायलले युद्धको घोषणा गर्दै गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो ।

    इजरायलको आक्रमणबाट हालसम्म ४४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । मारिनेमा निर्दोष महिला र बालबालिकाहरुसमेत छन् । लाखौं संख्यामा मानिसहरु विस्थापित भएका छन् ।

  • सम्बन्धित विषय:

  • # २३ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology