Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भैरहवामा आजदेखि कतार एयरलाइन्सको नियमित उडान

भैरहवामा आजदेखि कतार एयरलाइन्सको नियमित उडान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०८१ मंगलवार • ०४:४४:३१ बजे
  • 427
    SHARES
  • भैरहवामा आजदेखि कतार एयरलाइन्सको नियमित उडान

    भैरहवा विमानस्थलमा आजदेखि कतार एयरवेजले नियमित रुपमा उडान थाल्ने भएको छ ।

    images

    नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको उडान तालिका अनुसार हप्तामा सातवटा उडान भर्न लागिएको हो । यस अनुसार कतार एयरलाइन्सको विमान प्रत्येक दिन दोहाबाट दिउँसो २ः४५ बजे भैरहवा विमानस्थल आइपुग्नेछ ।

    त्यही विमान अपराह्न ४ः४५ बजे भैरहवाबाट काठमाडौं आउनेछ । सोही दिन ६ः५५ बजे उक्त विमान काठमाडौंबाट दोहाका लागि उड्नेछ । यो सेड्युल नोभेम्बर ३० सम्मको लागि कायम रहनेछ ।

    त्यसपछि भने दोहा–भैरहवा–दोहा डाइरेक्ट फ्लाइट गर्ने प्राधिकरणको योजना छ । यसअघि यो विमानस्थलबाट नेपाल एयरलाइन्स, फ्लाइ दुबई, जजिरा एयर र थाई एयर एशियाले उडान सुरु गरिसकेका छन् ।

    कतार एयरवेज भैरहवा जाने पाँचौं एयरलाइन्स कम्पनी हो । प्राधिकरणका उप प्रबन्धक ज्ञानेन्द्र भुलले विश्वमै चलेका यी एयरलाइन्सहरु भैरहवा जानुले भैरहवा विमानस्थल अन्तराष्ट्रिय रुपमा परिचित हुने वातावरण बनेको बताए । सेड्युल उडानमा समावेश हुनुको अझै ठूलो रणनीतिक महत्व रहेको उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # कतार एयरलाइन्स
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology