Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ह्वाइट हाउसकी सबैभन्दा कान्छी प्रेस सेक्रेटरी बन्दै क्यारोलिन

ह्वाइट हाउसकी सबैभन्दा कान्छी प्रेस सेक्रेटरी बन्दै क्यारोलिन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०८१ शनिवार • ०७:४५:४१ बजे
  • 835
    SHARES
  • ह्वाइट हाउसकी सबैभन्दा कान्छी प्रेस सेक्रेटरी बन्दै क्यारोलिन

    नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनमा क्यारोलिन लेभिटलाई ह्वाइट हाउसको प्रेस सेक्रेटरी बनाउने घोषणा गरेका छन् ।

    images

    ट्रम्पको चुनावी अभियानकी प्रवक्ताका रूपमा काम गरेकी २७ वर्षीया क्यारोलिन अमेरिकी इतिहासकै सबैभन्दा कम उमेरकी प्रेस सेक्रेटरी बन्ने भएकी हुन् ।

    ट्रम्पको पहिलो कार्यकालमा पनि उनले ह्वाइट हाउसको प्रेस अफिसमा काम गरेकी थिइन् । ट्रम्पले एक विज्ञप्ति जारी गर्दै अमेरिकी जनतालाई आफ्नो सन्देश प्रवाह गर्नका लागि क्यारोलिन सफल हुने आशा व्यक्त गरे ।

    ‘क्यारोलिन स्मार्ट र सशक्त छिन् । उनले आफूलाई प्रभावकारी सञ्चारकका रूपमा प्रमाणित गरिसकेकी छन्,’ ट्रम्पले भनेका छन् । न्यु ह्याम्पसायरकी बासिन्दा रहेकी क्यारोलिनले आफ्नो गृह राज्यमा रहेको सेन्ट एनसेलम कलेजमा सञ्चार र राजनीतिशास्त्र अध्ययन गरेकी छन् ।

    उनले फक्स न्युज र ट्रम्पको ह्वाइट हाउस प्रेस अफिसमा प्रशिक्षार्थीका रूपमा काम गरेकी छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology