Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा स्थायी कमिटिको मंगलबारको बैठक सुरू शीर्षनेतालाई मञ्चबाट झारियो

नेकपा स्थायी कमिटिको मंगलबारको बैठक सुरू शीर्षनेतालाई मञ्चबाट झारियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०७७ मंगलवार • १४:३१:०७ बजे
  • 841
    SHARES
  • नेकपा स्थायी कमिटिको मंगलबारको बैठक सुरू शीर्षनेतालाई मञ्चबाट झारियो

    नेकपा स्थायी कमिटिको मंगलबारको बैठक सुरू भएको छ । बैठकमा पटक–पटक कुर्सीसम्बन्धी विवाद पर्दै आएको छ । बैठक सुरू भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छुट्टै सोफाको व्यवस्था गरिएको थियो । बैठकमै विरोध भएपछि उनीहरूका सोफा हटाइएको थियो । शुक्रबारको बैठकमा अध्यक्षहरु बस्ने विशेष सोफा हटाइयो र अरुकै जस्तो काठका कुर्सी राखियो । शनिबार तेस्रो दिनको बैठकमा प्रधानमन्त्री केही बेर बसे । तर, सोफामा हैन, काठकै कुर्सीमा ।

    images

    मंगलबारको चौथो बैठकमा चाहिँ नेकपाले आफ्नो आसनमा अझै ‘क्रान्तिकारी’ परिवर्तन गरेको छ । आजको बैठकमा प्रधानमन्त्री लगायत सचिवालयका सबै नेताहरुलाई मञ्चबाट तल झारिएको छ । मञ्चबाट तल झारेर केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई समान लहरमा राखिएको छ ।

    आजको बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुने बताइएको छ । यसअघि तीन दिनसम्म सिमा समस्याबारे छलफल भएको थियो ।

    स्थायी समिति सदस्यहरुले प्रधानमन्त्रीले दिएका अभिव्यक्तीबारे जानकारी माग्ने तयारी समेत गरेका छन्। आइतबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले भारतको इसारामा आफुलाई हटाइन लागेको आरोप लगाएका थिए। आफूलाई आएको खतराको सूचना बैठकलाई जानकारी गराउनुपर्ने माग समेत उनीहरूको छ ।

     

     

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology