Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भिडियो हेरेर दुई जनाले आत्महत्या गरेपछि टिकटक विरुद्ध मुद्दा

भिडियो हेरेर दुई जनाले आत्महत्या गरेपछि टिकटक विरुद्ध मुद्दा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०८१ बिहिवार • १३:०३:४९ बजे
  • 574
    SHARES
  • भिडियो हेरेर दुई जनाले आत्महत्या गरेपछि टिकटक विरुद्ध मुद्दा

    आफ्ना किशोरावस्थाका छोराछोरीहरूले हानिकारक सामग्रीहरू हेरेर आत्महत्या गरेको भन्दै फ्रान्समा सात परिवारले सोसल मिडिया प्लेटफर्म टिकटक विरुद्ध मुद्दा दायर गरेका छन् । टिकटकको एल्गोरिदमले किशोरकिशोरीहरूलाई आत्महत्या प्रोत्साहन, आफैंलाई नोक्सानी गर्ने तथा भोजन सम्बन्धी समस्या (इटिंग डिसअर्डर) विषयका भिडियोहरू देखाउने गरेको र सोहीबाट प्रभावित भएर २ जनाले आत्महत्या गरेको ती परिवारको दाबी छ । टिकटक पीडित परिवारजनले संयुक्त रुपमा क्रेटेइल न्यायिक अदालतमा मुद्दा दायर गरेका छन् ।

    images

    निवेदकका वकिल लाउरे बोट्रोन मार्मियोनका अनुसार टिकटक विरुद्ध परिवारजनले संयुक्त रुपमा मुद्दा हालेको युरोपमा यो नै पहिलो पटक हो । उनी भन्छिन्, ‘अभिभावकहरूले अदालतबाट टिकटकको कानुनी दायित्वको किटान होस् भन्ने चाहेका छन् ।

    टिकटक एक व्यावसायिक कम्पनी हो र उसले बालबालिका समेतको लागि प्रडक्ट तयार पार्ने गर्दछ । त्यसैले उसले आफ्ना प्रडक्टको कमजोरीका विषयमा पनि जवाफ दिनुपर्छ।’

    स्मरणरहोस् फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले जस्तै टिकटकले अमेरिकामा पनि सयौं मुद्दा झेलिरहेको छ । टिकटकले दशौं लाख बालबालिकालाई उत्तेजित पार्दै लतमा फसाएको र उनीहरूको मानसिक स्वास्थ्यमा क्षति पुर्‍याएको आरोप अमेरिकामा दायर मुद्दाहरूमा लगाउने गरिएको छ । फ्रान्समा दायर मुद्दाको विषयमा टिकटकले कुनै प्रतिक्रिया जनाएको छैन ।

    यद्यपि बालबालिकाको मानसिक स्वास्थ्य सम्बद्ध विषयहरूलाई भने आफूले गम्भीरतापूर्वक लिएको यसअघि उसले बताउने गरेको थियो । अमेरिकी सांसदहरूले सोधेको प्रश्नमा टिकटक सिइओ शोउ जीले बालबालिकाको सुरक्षाका लागि टिकटक एपमा विभिन्न उपायहरुका लागि पर्याप्त लगानी गरिएको दाबी गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # टिकटक विरुद्ध मुद्दा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology