Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘पूर्णबहादुरको सारंगी’को विश्वब्यापी कमाइ ६९ करोड, नेपालमा ४६ करोड पुग्यो

‘पूर्णबहादुरको सारंगी’को विश्वब्यापी कमाइ ६९ करोड, नेपालमा ४६ करोड पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १५, २०८१ शनिवार • ०६:०३:०७ बजे
  • 769
    SHARES
  • ‘पूर्णबहादुरको सारंगी’को विश्वब्यापी कमाइ ६९ करोड, नेपालमा ४६ करोड पुग्यो

     ‘पूर्णबहादुरको सारंगी’ले प्रदर्शनको चौंथो साता (१२ मङ्सिरसम्म) देशब्यापी ४५ करोड ७४ लाख २२ हजार ४३७ रुपैयाँ ग्रस कमाएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले २८ दिनसम्मको कलेक्सन सार्वजनिक गरेको हो ।

    images

    जसअनुसार पछिल्लो चौंथो साताको आइतबारदेखि बुधबारसम्मको कमाइ २ करोड ३४ लाख रुपैयाँ ग्रस छ । विजय बराल स्टारर फिल्मले २४ दिनसम्म देशब्यापी ४३ करोड ४० लाख रुपैयाँ ग्रस कमाएको थियो ।

    विहिबारको हिसाब आउन बाँकी छ । पाँचौ सप्ताहन्त अर्थात शुक्रबार र शनिबारको कलेक्सन आइतबार सार्वजनिक गर्ने तयारी छ । प्रक्षेपण र ट्रेन्ड हेर्दा फिल्मले यस सप्ताहन्त पनि राम्रै कमाइ गर्ने अनुमान छ ।

    विदेशमा २३ करोड ३५ लाख

    निर्माता तथा वितरण कम्पनी सेभेन सिजले २९ नोभेम्बरसम्मको अन्तर्राष्ट्रिय बजारको कमाइ सार्वजनिक गरेको छ । ७ विदेशी बजारबाट बुधबारसम्म फिल्मले २३ करोड ३५ लाख रुपैयाँ ग्रस (करिब १७ लाख ३० हजार अमेरिकी डलर) कमाएको छ ।

    सबैभन्दा धेरै कमाइ अमेरिकी बक्स अफिसमा छ, जहाँ फिल्मले १२ करोड ४६ लाख नेरु ग्रस (९ लाख २२ हजार अमेरिकी डलर) कमाएको छ । फिल्मले दोस्रो धेरै कमाइ अस्ट्रेलियामा गरेको छ । त्यहाँको बक्स अफिसमा फिल्मले ७ करोड ७८ लाख नेरु ग्रस (८ लाख ८४ हजार अष्ट्रेलियाली डलर) कमाएको छ । न्युजिल्याण्डमा ३४ लाख ३५ हजार नेरु ग्रस (३९ हजार अस्ट्रेलियन डलर) छ ।

    कुन देशमा कति कमायो ? (२९ नोेभेम्बरसम्म)

    अमेरिका : ९ लाख २२ हजार अमेरिकी डलर (१२ करोड ४६ लाख रुपैयाँ)

    मध्यपूर्व : २ करोड ५० लाख रुपैयाँ

    अस्ट्रेलिया : ८ लाख ८४ हजार अस्ट्रेलियन डलर (७ करोड ७८ लाख)

    न्युजिल्याण्ड : ३९ हजार अस्ट्रेलियन डलर (३४ लाख ३५ हजार)

    बेल्जियम : ६ हजार ३ सय युरो (८ लाख ९७ हजार)

    डेनमार्क : ९ हजार ६ सय युरो (१३ लाख ६८ हजार)

    नर्वे : ३ हजार २०० युरो (४ लाख ५६ हजार)

    यो कमाइ २९ नोभेम्बरसम्मको बक्स अफिस कलेक्सनमा आधारित हो । यसमा प्राइभेट शोलाई उल्लेख गरिएको छैन । अहिले पनि यी मुलुकमा फिल्म प्रदर्शनरत भइरहेकाले कमाइ वृद्धि हुनसक्छ ।

  • सम्बन्धित विषय:

  • # ४६ करोड पुग्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology