Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जाजरकोटमा माओवादीले उपमेयर जित्यो, कांग्रेसले वडाध्यक्ष खोस्यो

जाजरकोटमा माओवादीले उपमेयर जित्यो, कांग्रेसले वडाध्यक्ष खोस्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०८१ सोमवार • ०४:३३:१८ बजे
  • 664
    SHARES
  • जाजरकोटमा माओवादीले उपमेयर जित्यो, कांग्रेसले वडाध्यक्ष खोस्यो

    जाजरकोटमा वडाध्यक्ष गुमाएको नेकपा माओवादी केन्द्रले उपमेयरमा बाजी मारेको छ ।

    images

    आइतबार भएको उपनिर्वाचनअन्तर्गत माओवादीले ०७९ मा जितेको कुसे गाउँपालिका-७ को वडाध्यक्ष पद गुमायो । तर, त्यसबेला कांग्रेसले जितेको नलगाड नगरपालिकाको उपमेयर भने माओवादीले जितेको छ ।

    निर्वाचन आयोगका अनुसार नलगाडको उपमेयरमा माओवादीकी देवका लामिछाने विजयी भएकी छन् । उनले ४२७२ मत पाएर विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंहले ३१४७ मत मात्रै पाइन् ।

    एमालेकी सुनिता बोहराले २५४२ मत ल्याइन् । यसअघि यो नगरपालिकामा माओवादीकै सहयोगमा कांग्रेस विजयी भएको थियो । यसपटक सबै दलहरुले एकल प्रतिस्पर्धा गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # वडाध्यक्ष खोस्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology