Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गणतन्त्र सेनानी कोषले प्रचण्डसहित पूर्वकमान्डरहरूलाई सम्मान गर्ने

गणतन्त्र सेनानी कोषले प्रचण्डसहित पूर्वकमान्डरहरूलाई सम्मान गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १८, २०८१ मंगलवार • ०६:२९:१४ बजे
  • 673
    SHARES
  • गणतन्त्र सेनानी कोषले प्रचण्डसहित पूर्वकमान्डरहरूलाई सम्मान गर्ने

    गणतन्त्र सेनानी कोषले पूर्वजनमुक्ति सेनाका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डसहितका योद्धाहरूलाई सम्मान गर्ने भएको छ । गणतन्त्र प्राप्तिका लागि सशस्त्र सङ्घर्षमा सहभागी भएर योगदान गरेका योद्धाहरूलाई सम्मान गर्ने उद्देश्यसहित प्रचण्डबाट सुरु गर्न लागिएको कोषका अध्यक्ष सरलसहयात्री पौडेलले बताए ।

    images

    बुधबार मध्यान्ह १२ः१० बजे राष्ट्रिय नाचघर जमलमा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले योद्धाहरूलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ । उनका अनुसार यसपटक गणतन्त्र सेनानी सम्मानको उद्घाटन स्वरूप कोषले प्रचण्डलाई सम्मान गर्नेछ ।

    यस्तै पूर्वजनमुक्ति सेनाका डेपुटी कमान्डर एवं पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, डेपुटी कमान्डरहरू पूर्व अर्थ एवं ऊर्जा मन्त्री वर्षमान पुन, पूर्व अर्थ, गृह एवं ऊर्जा मन्त्री जनार्दन शर्मा र पूर्व कृषि मन्त्री चन्द्रप्रकाश खनाल गणतन्त्र कमान्डरको रूपमा सम्मान गर्ने कार्यक्रम रहेको छ । यसैगरी तोकिएको मापदण्डभित्र परेका बागमती प्रदेशको १३ वटा जिल्लाबाट एक–एकजना र सांस्कृतिक योद्धाबाट समेत गरी १५ जनालाई गणतन्त्र सेनानी सम्मान गरिने उनले बताए ।

    नेपालमा गणतन्त्रको स्थापनाका लागि २००७ साल र त्यसअघि र पछि भएका सानाठुला सशस्त्र प्रयासहरू भएपनि संघीय गणतन्त्र नेपालको सपनालाई साकार पार्ने कार्य २०५२ सालको जनयुद्ध, ०६२६३ सालको जनआन्दोलन र मधेस आन्दोलनले गरेको उनको भनाइ थियो ।

    गणतन्त्र सेनानी कोषले क्रमशः इतिहास देखी वर्तमानसम्मका योद्धाहरूलाई सम्मान गर्दै उनीहरूको योगदानलाई स्थापित गर्दै उनले जानकारी दिए । यसअघि सम्मान गर्ने कार्यक्रम राखिएको कार्यक्रम कारणवश स्थगित भएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # सम्मान गर्ने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology