Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फोनमा पनि चुरोटको बट्टामा जस्तै चेतावनी

फोनमा पनि चुरोटको बट्टामा जस्तै चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २२, २०८१ शनिवार • ०५:३३:०८ बजे
  • 769
    SHARES
  • फोनमा पनि चुरोटको बट्टामा जस्तै चेतावनी

    स्मार्टफोनको लत आजको समयमा सबैभन्दा ठुलो लत बनेको छ । यो अन्य कुनै नशा वा कुलत भन्दा कम छैन । यसबाट मुक्त हुन हर कोहीलाई पनि गाह्रो छ । बालबालिकादेखि वृद्ध वृद्धासम्म सबैमा स्मार्टफोनको लत बसेको छ ।

    images


    सरकारले यसलाई अब चुरोट जस्ता लतको श्रेणीमा राखेको छ । स्मार्टफोनको लत पनि महँगो हुन्छ । यसले हाम्रो निद्रा, मानसिक स्वास्थ्य र व्यक्तिगत सम्बन्धहरूलाई समेत प्रभावित पार्छ । खासगरी किशोर र युवा वयस्कमा यसको असर बढी छ ।


    स्पेनमा स्मार्टफोनको लतलाई महामारी घोषित


    स्पेनले यो गम्भीर समस्यालाई ‘सार्वजनिक स्वास्थ्य महामारी’ भन्दै ठुलो कदम चाल्ने प्रस्ताव गरेको छ । स्पेनमा बिक्री हुने सबै स्मार्टफोनमा अब स्वास्थ्य चेतावनी राखिएकै हुनुपर्नेछ । यी चेतावनी चुरोटको प्याकेटमा राखिने चेतावनी सन्देश जस्तै हुनेछ ।


    यसको उद्देश्य अत्यधिक स्मार्टफोन प्रयोग गर्दा हुने जोखिमबारे सचेतना जगाउने र मानिसहरूलाई विवेकपूर्ण रूपमा स्मार्टफोन प्रयोग गर्न प्रोत्साहित गर्नु भएको बताइएको छ । स्पेन सरकारले नियुक्त गरेको विज्ञ समितिले २५० पृष्ठको प्रतिवेदनमा यस्तो प्रस्ताव अगाडि सारेको छ ।

    यस्तो छ सीमितको सिफारिस

    स्मार्टफोन र डिजिटल सेवाहरूमा चेतावनी सन्देशहरू अनिवार्य हुनुपर्छ । प्रतिवेदनमा अत्यधिक प्रयोग र हानिकारक सामग्रीको जोखिमसम्बन्धी जानकारी सहित डिजिटल सेवाहरूमा अनिवार्य स्वास्थ्य चेतावनीहरू राख्न सिफारिस गरिएको छ ।

    सन्देश सिगरेट प्याकेटहरूमा चेतावनी जस्तै हुनेछ । तर यसको भाषा अलि कम कठोर हुनेछ । केही एप र प्लेटफर्महरू प्रयोग गर्दा स्क्रिनमा सावधानी सन्देशहरू देखाउन सिफारिस गरिएको छ । बच्चाका लागि डिजिटल उपकरणमाथि प्रतिबन्ध लगाउनु पर्ने भनिएको छ । तीन वर्ष मुनिका बालबालिकाका लागि डिजिटल यन्त्रहरूको प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाउन समेत सिफारिस गरिएको छ ।

    तीनदेखि ६ वर्ष उमेरका बालबालिकामा यसको प्रयोग गर्न विशेष परिस्थितिहरूमा मात्र अनुमति दिन सिफारिस गरिएको छ । १२ वर्ष मुनिका बालबालिका माझ सामाजिक सञ्जालको प्रयोग निषेध गर्ने र १६ वर्षसम्मका किशोर किशोरीहरूलाई सीमित कार्यक्षमताका साथ ‘डम्बफोन’ प्रयोग गर्न प्रोत्साहन गर्ने सल्लाह दिइएको छ ।

  • सम्बन्धित विषय:

  • # जस्तै चेतावनी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology