Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वामपन्थी दल सबै एकजुट हुन सके देश विकास हुन्छ : महासचिव गुरुङ

वामपन्थी दल सबै एकजुट हुन सके देश विकास हुन्छ : महासचिव गुरुङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २३, २०८१ आइतवार • ०४:५४:५८ बजे
  • 928
    SHARES
  • वामपन्थी  दल सबै एकजुट हुन सके देश विकास हुन्छ : महासचिव गुरुङ

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले वामपन्थी शक्तिहरू एक नभएसम्म देश बन्न नसक्ने बताएका छन् ।

    images

    आज जिल्लाको दूधपोखरी गाउँपालिकामा स्थानीय पालिका कमिटीको तेस्रो सम्मेलन उद्घाटन गर्दै उनले वामपन्थीहरू एकताबद्ध भएर राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्नेमा जोड दिए ।

    सबै दल एकजुट हुन सके राष्ट्रिय स्वाधीनताको रक्षा, स्थिरता र स्थायित्व सम्भव रहेको भन्दै महासचिव गुरुङले आफ्नो पार्टी देश र जनताको विकासलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए ।

    पार्टी अध्यक्ष दाहाल नेतृत्वको सरकारले अघि बढाएका विकास योजना सरकार परिवर्तन भएसँगै बाँकी रहेका उनको भनाइ थियो ।

  • सम्बन्धित विषय:

  • # महासचिव गुरुङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology