Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली जनप्रगतिशील मोर्चा कुवेतको अधिवेशन जनवरी १० मा हुने

नेपाली जनप्रगतिशील मोर्चा कुवेतको अधिवेशन जनवरी १० मा हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २३, २०८१ आइतवार • १७:१०:०५ बजे
  • 1.3K
    SHARES
  • नेपाली जनप्रगतिशील मोर्चा कुवेतको अधिवेशन जनवरी १० मा हुने

    कुवेत- नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वैदेशिक भातृ संगठन नेपाली जनप्रगतिशील मोर्चा कुवेतको प्रथम अधिवेशन आगामी १० जनवरी २०२५ मा हुने भएको छ । 

    images

    कुवेतस्थित साल्मियाको गोर्खा किचनको सभाहलमा दिनको ठिक ११ बजेदेखि पार्टीको केन्द्रीय प्रतिनिधिको प्रमुख आतिथ्यतामा प्रथम अधिवेशन समाराेह हुने कार्यक्रम संयोजक शेर सुनारले जानकारी दिएका छन । कार्यक्रममा पार्टीको केन्द्रीय प्रतिनिधि आउने बारे भने अझैसम्म तुङ्गो नलागेको जनाएका छन ।
     
    बैज्ञानिक समाजवाद प्रति आस्थावान कुवेतमा रहेका नेपाली श्रमिकलाई मोर्चामा आवद्द हुन समेत संयोजक सुनारले आग्रह गरेका छन । उक्त दिन हुने कार्यक्रममा कुवेतमा क्रियाशील नेपाली संघ - सस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली श्रमिकलाई उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology