Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

तनहुँमा ५० बढी कांग्रेस कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

तनहुँमा ५० बढी कांग्रेस कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २६, २०८१ बुधवार • ०४:०५:०२ बजे
  • 1.0K
    SHARES
  • तनहुँमा ५० बढी कांग्रेस कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

    तनहुँमा ५० जनाभन्दा बढी कांग्रेस कार्यकर्ता पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    images

    ऋषिङ गाउँपालिका–१ झापुटारमा सोमबार र आँबुखैरेनी गाउँपालिकाको आँबुखैरेनीमा मंगलबार आयोजित माओवादी केन्द्रको पालिका अधिवेशन र खबरदारी सभामा उनीहरू पार्टी प्रवेश गरेका हुन् ।

    नवप्रवेशीहरुलाई माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले टीका र माला लगाएर स्वागत गरे । झापुटारमा श्यामला थापासहित २७ जना र आँबुखैरेनीमा पदम नेपालीसहित २५ जना पार्टी प्रवेश गरेको माओवादीले जनाएको छ । कार्यक्रममा पुनले वर्तमान कांग्रेस–एमाले गठबन्धनको सरकार भ्रष्टाचार, राज्य दोहन र बेचबिखनमा संलग्न आफ्ना मान्छेहरूको संरक्षण र स्वार्थ समूहको चाहनामा सरकार अघि बढेकाले जनता ती पार्टीहरूको विकल्पको खोजीमा रहेको बताए ।

    आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारले १८ महिनामा सुशासन, भ्रष्टाचार अन्त्य तथा राज्य दोहनमा संलग्न शक्तिशाली भनिएका व्यक्ति तथा सामन्ती प्रथाका रूपमा व्याप्त मिटर ब्याजमा संलग्नमाथि अनुसन्धान र कारबाही गरेका कारण जनताले फेरि एकपटक माओवादी केन्द्रलाई विकल्पको रूपमा रोज्ने अवस्था आएको बताए ।

    वर्तमान सरकार गठन भएपछि हरेक साताजसो भ्रष्टाचार, बेथिति र अनियमितताका घटना सार्वजनिक हुन थालेको टिप्पणी पुनको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology