नेपाल कम्युनिष्ट पार्टी म्याग्दीको पार्टी संगठन निर्माण तथा जन सम्बन्ध सुधार अभियान अन्तरगत आज बेनपा २ ज्यामरुककोटमा वडा स्तरिय भेटघाट तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ।
वडा कमिटीका अध्यक्ष कृष्ण बहादुर कार्कीको अध्यक्षता सचिब डम्बर सापकोटाको संचालन र पार्टी जिल्ला सचिब हरिकृष्ण श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न दल परित्याग गरी झण्डै २५ जना युवाहरु पार्टी प्रबेश गरेका छन । स्थानिय युवा हर्क बहादुर खड्काको नेतृत्वमा पार्टी प्रबेश गरेका नव प्रबेशीहरुलाई प्रमुख अतिथी श्रेष्ठ,नगर कमिटीका अध्यक्ष शेर बहादुर केसी सचिब राजकुमार थापा लगाएतले खादा र अबिर लगाएर स्वागत गरेको वडा सचिब डम्बरसापकोटाले मयुरपाटीलाइ जानकारी दिनु भयो।