Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जर्मनीको क्रिसमस बजारमा कारको ठक्करबाट दुई जनाको मृत्यु, साउदी नागरिक पक्राउ

जर्मनीको क्रिसमस बजारमा कारको ठक्करबाट दुई जनाको मृत्यु, साउदी नागरिक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०८१ शनिवार • ०५:२४:१८ बजे
  • 775
    SHARES
  • जर्मनीको क्रिसमस बजारमा कारको ठक्करबाट दुई जनाको मृत्यु, साउदी नागरिक पक्राउ

    जर्मनीको एक क्रिसमस बजारमा तीव्र गतिको कारले ठक्कर दिँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन् ।

    images

    यो घटना जर्मनीको म्याग्डेबर्गको हो । मृत्यु हुनेमा एक बालक पनि सामेल छन् । सामाजिक सञ्जालमा उपलब्ध फुटेजमा पसलहरूबिचको साँघुरो लेनमा कार तीव्र गतिमा गुडिरहेको देख्न सकिन्छ, जसमा धेरैलाई कारले ठक्कर दिएको देखिन्छ।

    स्थानीय अधिकारीहरू यो आक्रमण नियोजित भएको हुनसक्ने आशंका गरेका छन्। टिभीबाट प्राप्त तस्बिरमा एक संदिग्ध व्यक्तिलाई प्रहरीले पक्राउ गरेको देख्न सकिन्छ । पक्राउ परेका व्यक्ति ५० वर्षीय साउदी नागरिक रहेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका व्यक्ति सन् २००६ देखि जर्मनीमा डाक्टरका रूपमा कार्यरत थिए । साउदी अरेबियाले जर्मनीमा भएको यो घटनाको निन्दा गर्दै जर्मनीका जनताप्रति ऐक्यबद्धता व्यक्त गरेको छ । साउदी अरेबियाको विदेश मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै जर्मनीमा मारिएकाहरूका परिवारप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।

    जर्मनीको क्रिसमस बजारमा सवारी साधनका कारण मानिसको मृत्यु भएको यो पहिलो पटक भने होइन । आठ वर्षअघि पनि बर्लिनमा भएको यस्तै घटनामा १२ जनाको ज्यान गएको थियो । आक्रमण गर्ने व्यक्ति अनिस आमिरको इस्लामिक स्टेटसँग सम्बन्ध रहेको पाइएको थियो ।

  • सम्बन्धित विषय:

  • # साउदी नागरिक पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology