Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

युक्रेनी ड्रोन हमलाको बदला लिने रुसी राष्ट्रपतिको उद्घोष

युक्रेनी ड्रोन हमलाको बदला लिने रुसी राष्ट्रपतिको उद्घोष

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०८१ सोमवार • ०५:१९:५१ बजे
  • 736
    SHARES
  • युक्रेनी ड्रोन हमलाको बदला लिने रुसी राष्ट्रपतिको उद्घोष

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले काजान सहरमा युक्रेनी ड्रोन हमलाको बदला लिने बताएका छन् ।

    images

    सरकारी बैठकलाई सम्बोधन गर्दै रुसी राष्ट्रपतिले युक्रेनले काजानको एउटा अपार्टमेन्टमा ड्रोनले आक्रमण गरेको आरोप लगाए। योसँगै उनले युक्रेनलाई यसका लागि धेरै गुणा बढी मूल्य चुकाउनु पर्ने चेतावनी समेत दिएका हुन् ।

    यसैबीच रुसले आफ्ना सेनाले पूर्वी युक्रेनको युद्ध प्रभावित सहर कुराखोभ नजिकैको अर्को गाउँ कब्जा गरेको जनाएको छ । युक्रेनले यस दाबीमा कुनै प्रतिक्रिया दिएको छैन ।

    बीबीसी संवाददाता ड्यानी एबरहार्डका अनुसार कजान युक्रेनी सीमाबाट करिब ९०० किलोमिटर टाढा छ। तर यसको बाबजुद, युक्रेनी ड्रोन यस क्षेत्रमा पुग्न सफल भएको थियो। यसै कारणले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कडा स्वर अपनाउँदै युक्रेनलाई ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका हुन् ।

    शनिबार रूसी सहर काजानका अधिकारीहरूले सहरमा युक्रेनी ड्रोनले आक्रमण गरेको जानकारी दिएका थिए । सामाजिक सञ्जालमा देखा परेका तस्बिर र भिडियोका अनुसार यी ड्रोनले कजानमा कम्तीमा दुईवटा बहुतले भवनमा आक्रमण गरेका थिए।

  • सम्बन्धित विषय:

  • # राष्ट्रपतिको उद्घोष
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology