Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ब्राजिलमा निजी प्लेन बस्तीमा खस्दा १० जनाको मृत्यु

ब्राजिलमा निजी प्लेन बस्तीमा खस्दा १० जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०८१ सोमवार • ०५:४१:३२ बजे
  • 601
    SHARES
  • ब्राजिलमा निजी प्लेन बस्तीमा खस्दा १० जनाको मृत्यु

    पर्यटकमाझ लोकप्रिय ब्राजिलको ग्रामाडो शहरको एक बस्तीमा प्लेन दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु भएको छ । एक दर्जन बढी घाइते भएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार दुर्घटना भएको प्लेन निजी हो ।

    images

    सुरुमा एउटा घरको चिम्नीमा प्लेन ठोक्किएको थियो । त्यसपछि अर्को दुईतले घरमा ठोक्किएर मोबाइल फोनको पसलमाथि प्लेन खसेको थियो । प्लेन खसेपछि आगो लागेको थियो । प्लेन दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।

    स्थानीय मिडियाहरुका अनुसार दुर्घटनामा मृत्यु हुनेमा एकै परिवारका चार जना सदस्यसमेत छन् । उनीहरु रियोग्राण्डे डो सुल राज्यको एक शहरबाट साओ पाउलो राज्यतर्फ गइरहेका थिए । ब्राजिलको सेरा गोचा पहाडमा अवस्थित ग्रामाडो शहर पर्यटकहरुबीच लोकप्रिय छ । यो शहर चिसो मौसम, लामो पैदलयात्रा र पारम्परिक वास्तकुलाका लागि प्रसिद्ध छ ।

    क्रिसमसको बिदामा यो शहरमा पर्यटकहरुको निकै भिड लाग्ने गर्दछ । यो शहरलाई जर्मन र इतालवी प्रवासीहरुले बसालेको बताइन्छ । ब्राजिलमा आइतबार मात्रै बस दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # खस्दा १० जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology