Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निकोलसलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति नै दिएन

निकोलसलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति नै दिएन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०८१ सोमवार • १४:१८:०२ बजे
  • 985
    SHARES
  • निकोलसलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति नै दिएन

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसालको म्याद थप गर्न अदालतले इन्कार गरेको छ ।

    images

    रविको फोटो आफूले खिचेको स्वीकारसमेत गरेका भुसाललाई पक्राउ गरी सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराउँदा न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएको स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

    अदालतमा म्याद थप नगर्ने बताएपछि अब हिरासतबाहिरै राखेर अनुसन्धान हुने कास्की प्रहरी प्रवक्ता डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

    उनी रविको स्वास्थ्य अवस्था बुझ्न कास्की प्रहरी कार्यालय जाँदा सुतिरहेको फोटो खिचेर सार्वजनिक गरेपछि प्रहरीको आलोचना भएको थियो ।

    फोटो आफूले खिचेको र खराब नियत राखेर सार्वजनिक नगरको बताएका भुसाललाई पक्राउ गरी आइतबार बिहानै पोखरा ल्याइएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology