Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वाम ध्रुवीकरणको बहस : माओ दिवसका दिन एक ठाउँमा जुट्दै विप्लव र जनार्दन

वाम ध्रुवीकरणको बहस : माओ दिवसका दिन एक ठाउँमा जुट्दै विप्लव र जनार्दन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ९, २०८१ मंगलवार • ०८:३८:२० बजे
  • 745
    SHARES
  • वाम ध्रुवीकरणको बहस :  माओ दिवसका दिन एक ठाउँमा जुट्दै विप्लव र जनार्दन

    १३२औँ माओ दिवसका अवसरमा राजधानीका पुस ११ गते वृहत् कार्यक्रमको आयोजना गर्न लागिएको छ । दिवसका अवसरमा राजधानीको प्रज्ञा प्रतिष्ठानमा हुन लागेको कार्यक्रममा कम्युनिस्ट एकताका सन्दर्भमा बहसका साथै सार्थक एकताका लागि एउटा आधार तय हुने आयोजकको विश्वास छ ।

    images

    ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक उक्त वैचारिक अन्तरक्रिया कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द विप्लव र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर एउटै मञ्चमा जुट्दैछन् ।

    विप्लव नेतृत्वको नेकपाले यसअघि नै माओवादीसँग एकता गर्ने निर्णय गरेपनि माओवादीकै तर्फबाट ढिलाइ हुँदा एकताले सार्थकता पाउन सकेको छैन । यस्तै उपमहासचिव शर्माले पनि कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् ।

    एकताको पक्षमा रहेका दुई नेता एउटै मञ्चमा उपस्थित भएर एकताका लागि आह्वानसहित कम्युनिस्ट आन्दोलन र खेल्नुपर्ने भूमिकाका सन्दर्भमा वैचारिक अन्तरक्रिया गर्ने आयोजकको भनाइ छ ।

    ‘वाम ध्रुवीकरणको विषयमा व्यापक बहस भइरहेको बेला दुई पार्टीका दुई प्रतिभाशाली नेताबिचको जमघटले वाम आन्दोलनलाई नयाँ मोड दिन सहयोगी सिद्ध हुने हाम्रो विश्वास छ’, आयोजकले रातोपाटीलाई बतायो ।

    सो अवसरमा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका महत्त्वपूर्ण डायरीसमेत समेत सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।

  • सम्बन्धित विषय:

  • # विप्लव र जनार्दन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology