Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महिलाले कमाउँछिन् अर्काको ढाड कन्याइदिएर घण्टाको झण्डै १८ हजार

महिलाले कमाउँछिन् अर्काको ढाड कन्याइदिएर घण्टाको झण्डै १८ हजार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०८१ शुक्रवार • ०५:३४:२२ बजे
  • 748
    SHARES
  • महिलाले कमाउँछिन् अर्काको ढाड कन्याइदिएर घण्टाको झण्डै १८ हजार

    संसारमा अचम्म अचम्मको सेवा र सुविधा पाइन्छ । अँगालो हालेर सुत्नका लागि मोटो मान्छे भाडामा दिनेदेखि ओछ्यान तातो बनाउने मानवसम्म समय–समयमा हामीले अजिब खालका पेसा र कामबारे सुनिरहेका छौँ । कुनै व्यक्तिले पेसा नै अरूको ढाड कन्याइदिने अपनाएको छ भनेर सुन्दा कतिपयलाई अचम्म पनि लाग्दैन होला । हो तपाईंले सही सुन्न भयो ।

    images

    ढाड कन्याउनुलाई पेसाकै रूपमा अँगालेकी छिन् ५५ वर्षकी टोनी जर्जले । उनले स्क्र्याचर गल्र्स नाममा ढाड कन्याइदिने स्टुडियो नै खोलेकी छिन् । वर्षौदेखि उनको यो स्टुडियोले यही सेवा दिँदै आएको छ । आफ्नो हातले नभेट्ने भएपनि कुनै समय जर्ज अरुलाई आफ्नो ढाड कन्याउन लगाउँथिन् । यस्तै एक दिन उनलाई आफूभन्दा सानालाई पैसा दिएर ‘ए बाबु/नानी मेरो ढाड कन्याइदेउ न !’

    भनेर भन्ने आफू मात्रै त होइन होला जस्तो लाग्यो । बरु आफूले पनि यस्तै खालको सेवा किन नथाल्ने भन्ने विचार उनको मनमा आयो । त्यसपछि उनले स्टुडियो खोलिन् र घण्टाको १३० डलर अर्थात् १७ हजार ७ सय नेपाली रुपैयाँ लिएर यो सेवा दिन थालिन् । यसका लागि उनले नङ पनि ३ इन्च लामो पालेकी छिन् । आफू सानु छँदादेखि नै यस पेसाप्रति लगाव रहेको स्क्र्याचर गल्र्सको वेबसाइटमा जर्जले लेखेकी छिन् ।

    यहीँ लगावका कारण आफूले आफ्ना छोराछोरीलाई पैसा दिएर ढाड कन्याउन लगाउने गरेको र अहिलेसम्म पनि आफूले यसका लागि आफ्ना नातिनातिनीलाई पैसा दिइरहेको उनी बताउँछिन् । एक रात सुतिरहेको समयमा यस्तो खालको सेवै किन सुरु नगर्ने त भन्ने विचार आफ्नो मनमा आएको र आफूले जस्तै अरूले पनि यसका लागि पैसा तिर्लान् कि नतिर्लान् भन्ने कुराले आफूलाई घच्घचाइरहेको उनले बताइन् ।

    कयौँ अनुसन्धान र खोजबिन गरेर आफूले सेवा सुरु गरेको र स्क्र्याचर गल्र्स अहिले ब्रान्ड नै बनेको उनको भनाइ छ । स्क्र्याचिङ पनि थेरापी जस्तै भएको र यसमा नङ्गको सहायताले क्लाइन्टको ढाड, हात खुट्टा, टाउको र कहिलेकाहीँ कानको भित्र समेत कन्याइदिने उनले बताइन् । यो सेवा आरामदायक र सन्तुष्टिदायक दुवै भएको दाबी गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # घण्टाको झण्डै १८ हजार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology