Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतीय खसीबोका भित्रियाे, नेपाली किसान मारमा

भारतीय खसीबोका भित्रियाे, नेपाली किसान मारमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७७ बिहिवार • ०८:३१:४० बजे
  • 1.8K
    SHARES
  • भारतीय खसीबोका भित्रियाे, नेपाली किसान मारमा
    भारतीय खसीबोका भित्रियाे, नेपाली किसान मारमा काठमाण्डु टुडे२०७७ असोज २२ गते ७:०९ मा प्रकाशित 7 0 0 काठमाण्डु, २२ असोज– नेपाल–भारत खुला नाकाबाट अवैध रूपमा भारतीय खसीबोका नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । परीक्षणबिना नेपाली बजारमा भारतीय खसीबोका अवैध रूपमा बजारमा आउँदा नेपाली खसीबोका व्यवसाय मर्कामा परेका छन् ।
    कैलाली लंकीका खसीबोका व्यवसायी दल्सी साहीले रौतहट बोटव, सिन्धुलीलगायतका खुला नाकाबाट दैनिक ३ सय देखि ४ सय खसीबोका अवैध रूपमा आउने गरेको दाबी गरे । भारतबाट भन्सार छली अवैध रूपमा आएका खसीबोका प्रतिकेजी नेपाली भन्दा सस्तो पर्ने भएकाले पनि नेपालमा उत्पादन भएका खसीबोकाले बजार नपाएको उनको भनाइ छ ।
    खसीबोका व्यवसायी शाहीका अनुसार भारतबाट आयात खसीबोकाको प्रतिकेजी ५ सय ३० रुपैयाँ पर्छ भने नेपालमा उत्पादन भएको खसीबोका प्रतिकेजी ६ सय ३० देखि ६ सय ५० रुपैयाँसम्म पर्ने गर्छ । उनले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने सरकारले भारतबाट अवैध रूपमा आउने खसीबोकालाई रोक्नुपर्ने बताए । राजधानी दैनिकबाट

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology