Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रुस र युक्रेनले गरे ३ सय युद्धबन्दी आदानप्रदान

रुस र युक्रेनले गरे ३ सय युद्धबन्दी आदानप्रदान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १६, २०८१ मंगलवार • ०४:०९:३५ बजे
  • 448
    SHARES
  • रुस र युक्रेनले गरे ३ सय युद्धबन्दी आदानप्रदान

    रुस र युक्रेनले सोमबार सयौं युद्धबन्दी आदानप्रदान गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा युद्धबन्दी आदानप्रदान गरिएको हो । १५० युक्रेनी सैनिकलाई रुसी सेनाको बराबर संख्यामा अदला–बदली गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

    images

    ती युक्रेनी सैनिकलाई रुसले सन् २०२२ को मे महिनादेखि बन्दी बनाए राखेको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्क्सीले भने एक सय ८९ युक्रेनी नागरिक स्वदेश फर्किएको बताएका छन् । उनीहरू मारियोपालमा चलेको युद्धको क्रममा रुसी कब्जामा पुगेका थिए ।

    मे २०२२ मा रूसले दक्षिण–पूर्वी युक्रेनी बन्दरगाह सहर मारिपोललाई जित्नको लागि एक महिना लामो लडाई लडेको थियो । त्यसक्रममा अन्तिम लडाकुहरूले शहरको अजोभस्टल स्टिल प्लान्टको रक्षा गर्दै आत्मसमर्पण गरेका थिए ।

    जेलेन्स्कीले मारियोपोलमा पक्राउ परेका दर्जनौं सैनिक, सर्जेन्ट, सीमा गार्ड र अफिसरहरूमध्ये सोमबार रिहा भएका दुई नागरिक रहेको बताएका छन् । ‘हामी सबैलाई रूसी कैदबाट मुक्त गर्न काम गरिरहेका छौं । यो हाम्रो लक्ष्य हो ।

    हामी कसैलाई बिर्सने छैनौं,’ जेलेन्स्कीले भनेका छन् । पछिल्लो आदानप्रदानअघि यही वर्ष केवल दश कैदीको आदनप्रदान भएको थियो । युक्रेनले द्वन्द्व सुरु भएदेखि राजधानी कीभसँगको सम्झौतामा मस्कोले सैनिक र सर्वसाधारणसहित तीन हजार ९ सय ५६ जनालाई रिहा गरेको जनाएको छ ।

    रुससँग अझै करिब आठ हजार युद्धबन्दी रहेको अनुमान गरिएको छ । (एजेन्सीको सहयोगमा)

  • सम्बन्धित विषय:

  • # आदानप्रदान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology