Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी

दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १६, २०८१ मंगलवार • ०४:१५:१४ बजे
  • 1.1K
    SHARES
  • दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी

    दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    images

    सियोल पश्चिम जिल्ला अदालतले मंगलबार राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । स्थानीय मिडियाका अनुसार दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलोपटक हो । उनले ३ डिसेम्बरको दिन सैनिक शासन लागू गर्ने निर्णय गरेपछि विवादमा परेका थिए ।

    विपक्षी दलसमेतको विरोधपछि उनीले ६ घण्टामै निर्णय फिर्ता लिएका थिए । यही प्रकरणमा संसदले महाअभियोग प्रस्ताव पारित गरेपछि उनी पदबाट निलम्बित अवस्थामा छन् । यो विषय संवैधानिक अदालतमा विचाराधिन छ ।

    दक्षिण कोरियाको कानुन अनुसार महाअभियोग लागेपछि पदमुक्त हुने कि नहुने भन्ने अन्तिम निर्णय गर्ने अधिकार संवैधानिक अदालतमा हुन्छ । उनले चालेको कदमको विषयमा भ्रष्टाचार अनुसन्धान कार्यालयका अधिकारीले तीनपटकसम्म उपस्थित राष्ट्रपति योललाई भनेका थिए । तर, उनी उपस्थित नभएपछि अनुसन्धानमा बाधा पुगेको भन्दै सोमबार मात्रै राष्ट्रपति योलविरुद्ध पक्राउ पुर्जीको अनुमति माग गरेका थिए ।

    कुनै उच्च अधिकारीविरुद्ध भ्रष्टाचारमा अनुसन्धान गर्नुपरे सियोल पश्चिमी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्दछ ।

    संयुक्त जाँच मुख्यालले विज्ञप्ति जारी गरी निलम्वित राष्ट्रपति योलमाथि अनुसन्धानका लागि मंगलबार बिहान पक्राउ पुर्जी र खानतलासीको पुर्जी जारी भएको जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # पक्राउ पुर्जी जारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology