Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिकामा विमान भवनमा ठोक्कियो

अमेरिकामा विमान भवनमा ठोक्कियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०८१ शुक्रवार • ०५:५७:५७ बजे
  • 859
    SHARES
  • अमेरिकामा विमान भवनमा ठोक्कियो

    अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

    images

    यस्तै १८ जना घाइते भएका छन् । एउटा सानो विमान उडानको क्रममा भवनको छतमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको समाचारमा उल्लेख छ । फुलर्टन प्रहरीका प्रवक्ता क्रिस्टी वेल्सका अनुसार यो घटना बिहीबार दिउँसो भएको हो ।

    ओरेन्ज काउन्टीको फुलर्टन सहरमा दिउँसो २ः०९ बजे यो दुर्घटना भएको हो । झन्डै २ सय जना काम गरिरहेको एउटा फर्निचर बनाउने भवनको छतमा विमान ठोक्किएको थियो । घटनास्थलमा प्रहरी र दमकलले आगो नियन्त्रणमा लिएको वेल्सले बताएका छन् ।

    मृतक र घाइतेहरू विमानका हुन् कि घरमा काम गरिरहेका हुन् अझै थाहा हुन सकेको छैन । एबीसीले सार्वजनिक गरेको एउटा भिडियो फुटेजमा भने ठुलो भवनको माथिबाट सेतो धुवाँ निस्किरहेको देखाएको छ । विमान फुलर्टन म्युनिसिपल एयरपोर्ट नजिकै दुर्घटना भएको हो ।

    यस विमानस्थलमा एउटा धावनमार्ग र एउटा हेलिप्याड छ ।

  • सम्बन्धित विषय:

  • # भवनमा ठोक्कियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology