Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

किरात राई यायोक्खा कुवेतको आयोजनामा सांगीतिक धमाका सम्पन्न

किरात राई यायोक्खा कुवेतको आयोजनामा सांगीतिक धमाका सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २१, २०८१ आइतवार • १६:०८:२६ बजे
  • 994
    SHARES
  • किरात राई यायोक्खा कुवेतको आयोजनामा सांगीतिक धमाका सम्पन्न

    कुवेत - किरात राई यायोक्खा कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसरमा 'सांगीतिक धमाका २०२५’  सम्पन्न भएको छ । 

    images

    F66F2789-900B-4D62-8962-AC321771D7E7.jpeg

    कुवेतको जलिबस्थित एस्पायर इन्डियन स्कुलको सभाहलमा गत शुक्रवार नेपालका चर्चित गायक छेवाङ लामा र गायिका बबिना किरातीको साथमा भव्यताको साथ सांगीतिक धमाका सम्पन्न भएको हो । कार्यक्रममा गायक छेवाङ र किरातीको प्रस्तुतिले दर्शक लाई मन्त्रमुग्ध बनायो ।

    A013046D-21B4-4342-917C-57E4A45958F3.jpeg

    उक्त कार्यक्रममा नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता रहेको थियो भने गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष राज मल्ल लगायत कुवेतमा रहेका विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि , पत्रकार र उल्लेखनीय नेपाली दर्शकको उपस्थिति रहेको थियो । किराती समुदायको साँस्कृतिक झाकीले पनि कार्यक्रममा रौनकता छाएको थियो । 

    0F87732C-EEF0-42D0-9768-4F139066FC60.jpeg

    कुवेतको नेपाली समाजमा 'भाषा, संस्कार, सस्कृतिको सरंक्षण, किरातिहरुको साझा अभियान' भन्ने मुल नाराका साथ १४ मार्च २०१४ मा स्थापना भएको सस्थाले कुवेतमा मात्र नभई मातृभूमिमा समेत उल्लेखनीय मानवीय सेवा तथा सामाजिक कार्य गर्दै आएको छ ।

    9A69B946-655B-4E36-B47B-01324B59DE9A.jpeg

  • सम्बन्धित विषय:

  • # रोचक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology