Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘वीरजंग’ कारागार चलान

२५ हजार धरौटी नबुझाए पछी विप्लवका पोलिटब्यूरो सदस्य ‘वीरजंग’ कारागार चलान

२५ हजार धरौटी नबुझाए पछी विप्लवका पोलिटब्यूरो सदस्य ‘वीरजंग’ कारागार चलान

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २२, २०७७ बिहिवार • ०९:३९:५९ बजे
  • 1.6K
    SHARES
  • २५ हजार धरौटी नबुझाए पछी विप्लवका पोलिटब्यूरो सदस्य ‘वीरजंग’ कारागार चलान
    प्रतिबन्धित नेकपाका पोलिटब्यूरो सदस्य चन्द्रबहादुर चन्द (वीरजंग) कारागार चलान भएका छन्। 

    बुधबार पश्चिम नवलपरासी जिल्ला अदालतमा भएको बहसमा उनलाई २५ हजार धरौटी बुझाएर रिहा गर्ने आदेश गरिएको थियो।

    तर धरौटी नबुझाएपछि उनी कारागार चलान भएको अदालतका स्रेस्तेदार प्रेम प्रसाद पौडेलले बताए।

    काठमाडौं जिल्ला अदालतले मंगलबार रिहा गरेलगत्तै उनलाई प्रहरीले पक्राउ गरेर पश्चिम नवलपरासीको परासी ल्याएको थियो।

    उनीमाथि २०७६ साल साउन १६ गते नवलपरासीस्थित बर्दघाट नगरपालिका १३ धनेवामा रहेको एनसेल टावरमा आगजनी गरेको अभियोग रहेको छ।

    उनीसहित २०७६ असोज ३१ मा विप्लवका २१ जना नेता तथा कार्यकर्ता दाङबाट पक्राउ परेका थिए। अदालतबाट रिहा भएलगत्तै पुनः पक्राउ पर्दै आएका चन्दले आफूलाई अहिलेसम्म ८ ठाउँमा अड्डा सार गरेर पठाउँदै आएको बताए।

    कपिलवस्तु शिवराज नगरपालिका ९ शिवपुरगढी घर भएका चन्द्रबहादुर नेत्र विक्रम चन्द (विप्लव) का सहोदर जेठा दाजु हुन्।

    उनलाई केही दिनअघि कोरोना संक्रमण समेत देखिएको थियो। अहिले कोरोना संक्रमण निको भए पनि घाँटी र छाती दुख्ने तथा श्वासप्रश्वासमा समस्या रहेको बताएका छन्।

    आफूलाई स्वास्थ्य समस्या रहेकाले अस्पतालमा बसेर उपचारको व्यवस्था गराउन पनि उनले माग गरेका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology