Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चार दर्जन नेता तथा कार्यकर्ताले एमाले त्यागे

चार दर्जन नेता तथा कार्यकर्ताले एमाले त्यागे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०८१ सोमवार • ११:०५:३१ बजे
  • 1.3K
    SHARES
  • चार दर्जन नेता तथा कार्यकर्ताले एमाले त्यागे

    नेकपा एमालेमा पटक पटक अपमानित भएर बस्नुपरेको भन्दै कैलालीका करिब चार दर्जन पूर्वमाओवादी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । उनीहरूले एमाले भएर बस्दा पनि पटक पटक अपमानित हुनुपर्ने, राजनीतिक रूपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने लगायत आरोप लगाउँदै पुस ११ गते अत्तरिया नगर अध्यक्षलाई राजीनामा बुझाएका थिए ।

    images

    ‘एमाले भएर बस्दा पनि हामीले पटक–पटक अपमानित हुनुपर्ने राजनीतिको रूपमा पूर्व माओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्व के विरुद्ध तलै सम्म गुटबन्दी गर्ने परम्परा भित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगेकै हो’, राजीनामामा भनिएको छ ।

    ‘तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेपछि यस क्षेत्रका नेता कार्यकर्ता उत्साही बनेको तर त्यो एकता मुख्य नेताहरू को आपसी लडाईको कारणले टिक्न नसकेको उनीहरूको आरोप छ ।

    तत्कालीन माओवादीले गरेको ठुलो क्रान्ति जनयुद्धलाई कसैले पनि इन्कार गर्न नसक्ने भन्दै उनीहरूले अहिलेको गणतन्त्र, सङ्घीयता, समावेशिता सबै जनयुद्धकै जगमा आएका बताएका छन् ।

    1.JPG

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology