Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पति र ६ छोराछोरी छाडेर भिखारीसँग भागिन् महिला

पति र ६ छोराछोरी छाडेर भिखारीसँग भागिन् महिला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २४, २०८१ बुधवार • ०७:३६:३७ बजे
  • 970
    SHARES
  • पति र ६ छोराछोरी छाडेर भिखारीसँग भागिन् महिला

    भारतको उत्तर प्रदेशमा एक महिला भिखारीसँग फरार भएको घटनाले धेरैको ध्यान तानेको छ । ती महिलाले पति र ६ छोराछोरी छाडेर भिखारीसँग भागेको जनाइएको छ । उत्तर प्रदेश राज्यको हरदोई जिल्लाको हरपालपुर निवासी राजुले प्रहरीमा यसबारे उजुरी गरेका छन् ।

    images

    राजुका अनुसार उनकी पत्नी लामो समयदेखि नियमितजसो आफ्नो घरमा माग्न आउने एक भिखारीसँग भागेकी हुन् । ती भिखारी प्रायः आफ्नो घरमा माग्न आइरहने, उसले हात हेरेर भविष्यवाणीसमेत गर्ने गरेको पीडित राजुको भनाइ छ ।

    सोही क्रममा आफ्नो पत्नीले ती भिखारीसँग लामो समय कुरा गर्दै आएको राजुले बताएका छन् । चार दिनअघि तरकारी र कपडा किन्न भनेर घरबाट निस्किएकी आफ्नी पत्नी फर्केर नआएको राजुले प्रहरीलाई जानकारी दिएका छन् ।

    पत्नीले घरमा राखेको एक लाख ६० हजार नगद रकम लगेको उनको आरोप छ । भिखारीले आफ्नी पत्नीलाई फकाएर लगेको भन्दै उनले चाँडो खोजी गरिदिन प्रहरीसमक्ष निवेदन दिएका छन् ।

    हरपालपुर थानाका प्रहरी प्रमुख राजदेव मिश्राले पत्नी भागेको सम्बन्धमा राजुले निवेदन दिएको बताए । उनको निवेदनका आधारमा भिखारी र राजुकी पत्नीको खोजी भइरहेको मिश्राको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology