Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कोरोना

कोरोना संक्रमण पुरुषमा शुक्रकिटको संख्यामा आधाले कमी आउछ : अध्ययन

कोरोना संक्रमण पुरुषमा शुक्रकिटको संख्यामा आधाले कमी आउछ : अध्ययन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७७ बिहिवार • ०९:४५:३९ बजे
  • 3.7K
    SHARES
  • कोरोना संक्रमण पुरुषमा शुक्रकिटको संख्यामा आधाले कमी आउछ : अध्ययन

    एजेन्सी । कोरोना भाइरसका विषयमा भएको एक अध्ययनले नयाँ खुलासा गरेको छ । वैज्ञानिकहरुले कोरोना संक्रमित व्यक्तिमा बाँझोपनको समस्या आउने नयाँ खुलासा गरेका छन् ।

    images

    कोरोना संक्रमित व्यक्तिमा कोरोनाको सामान्य लक्षण देखिएको अवथा नदेखिएको अवस्थामा पनि अण्डकोषमा असर पुग्नसक्ने र नपुंसक हुनसक्ने अध्ययनमा पत्ता लागेको हो । अध्ययनकाअनुसार कोरोना संक्रमणको ३० औँ दिनसम्ममा पुरुषमा शुक्रकिटको संख्यामा आधाले कमी आउने देखिएको छ ।

    इजरायलमा भएको उक्त अध्ययनका क्रममा कोरोना संक्रमित पुरुषमा भएको शुक्रकिटको प्रभावकारितामा पनि असर पुग्ने पत्ता लागेको छ । तर, कोरोना संक्रमित पुरुषमा सन्तान उत्पादनको क्षमतामा पूर्णकालिन ह्रास आउँछ अथवा आउँदैन भन्नेमा अझै अस्पष्टता रहेको अध्ययनमा संलग्न वैज्ञानिकहरुले बताएका छन् ।

    कोरोना संक्रमित युवकको वीर्य उत्पादनमा अल्पकालिन रुपमा कमी आउने अध्ययनमा देखिएको छ । ‘द जर्नल अफ फर्टिलिटी एण्ड स्टेरिलिटी’मा प्रकाशित रिपोर्टकाअनुसार अध्ययनका क्रममा कोरोनाको सामान्य लक्षण देखिएको पुरुषमा पनि वीर्य उत्पादनको क्षमतामा परिवर्तनहरु भएको पाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology