Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रुसले गरेको हमलामा आफ्ना १३ नागरिक मारिएको युक्रेनको दाबी

रुसले गरेको हमलामा आफ्ना १३ नागरिक मारिएको युक्रेनको दाबी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०८१ बिहिवार • ०५:४६:४९ बजे
  • 898
    SHARES
  • रुसले गरेको  हमलामा आफ्ना १३ नागरिक मारिएको युक्रेनको दाबी

    रुसले गरेको पछिल्लो हमलामा आफ्ना १३ नागरिक मारिएको दाबी युक्रेनले गरेको छ ।

    images

    उक्त हमलामा अन्य ३२ जना घाइते भएको जनाइएको छ । युक्रेनको दक्षिणी सहर जापोरिज्जियाका क्षेत्रीय प्रमुख इभान फेडोरोभका अनुसार रुसले बुधबार दिउँसो हमला गरेको हो । दुई ‘गाइडेड एरियल बम’ आवासीय क्षेत्रमा खसेको उनले बताए ।

    रुसले यो हमलाका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘रुसको आतंकवाद’ विरुद्ध दबाब बनाउन आफ्ना सहयोगी मुलुकलाई आग्रह गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # युक्रेनको दाबी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology