Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

१६ बर्षे किशोरीलाई एक दिनका लागि फिनल्याण्डमा प्रधानमन्त्री बनाइयो

१६ बर्षे किशोरीलाई एक दिनका लागि फिनल्याण्डमा प्रधानमन्त्री बनाइयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७७ बिहिवार • ०९:५१:२५ बजे
  • 5.5K
    SHARES
  • १६ बर्षे किशोरीलाई एक दिनका लागि फिनल्याण्डमा  प्रधानमन्त्री बनाइयो

    एजेन्सी। फिनल्याण्डमा एक किशोरीलाई १ दिनका लागि प्रधानमन्त्री नियुक्त गरिएको छ ।

    images

    त्यहाँकी प्रधानमन्त्री सन्ना मरिनले हालै १६ वर्षीया किशोरी आभा मुर्तोलाई एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गरेकी हुन ।

    लैंगिक समानताका लागि उत्कृष्ट देशका रुपमा चिनिने फिनल्याण्डले यसैका लागि यस्तो निर्णय गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

    बुधबार एक दिनका लागि प्रधानमन्त्री बनेकी आभा मुर्तोले कुनै नयाँ निर्णय गर्ने वा कानून बनाउने काम गरिनन् ।

    उनलाई प्रविधिमा महिला अधिकार विषयमा राजनीतिज्ञहरुसँग दिनभर बैठकमा सहभागी गराइयो ।

    प्रधानमन्त्री सन्ना मरिनको यो निर्णयको सर्वत्र प्रशंसा गरिएको छ ।

    संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’का लागि फिनल्याण्ड सरकारले यस्तो कार्यक्रमको आयोजना गरेको बिबिसीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology