कुवेत - नेपाली जनप्रगतिशील मोर्चा कुवेतको गत शुक्रवार सम्पन्न अधिवेशन समारोहबाट अध्यक्षमा शेर सुनार सर्वसम्मत निर्वाचित भएका छन ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वैदेशिक भातृ संगठन नेपाली जनप्रगतिशिल मोर्चा कुवेतको अधिवेशन कुवेतस्थित साल्मियाको गोर्खा किचनको सभाहलमा पार्टीका महासचिव विप्लवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम संयोजक शेर सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा लगायत कुवेतमा कृयाशिल विभिन्न राजनितीक दलका भातृ संगठनका प्रमुख एवं प्रतिनिधीहरू , पत्रकारहरू, विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

त्यस्तै जुम भर्चुअल मार्फत विप्लव लगायत वैदेशिक भातृ संगठन पोर्चुगल मोर्चाका अध्यक्ष पुर्ण बि क , युरोप मोर्चाका सल्लाहकार बिष्णु भुजेल, महासचिव प्रदीप अधिकारी, कतार मोर्चाका रबिन पुन र नेपालदेखी मध्यपूर्व इन्चार्ज शंकर सीको उपस्थिति थियो । अधिवेशन बाट प्रथम उपाध्यक्षमा कृष्ण सुनार, उपाध्यक्षमा कैलाश मैनाली, महासचिवमा गीता सिंह, सचिव सुनिता क्षेत्री, सहसचिव सहन्सिला तामाङ, कोषाध्यक्ष सन्तोष चौधरी, सहकोषाध्यक्ष दिल प्रेम चयन भएका छन ।
त्यस्तै सल्लाहकारमा कविता कार्की, उदिम गिरि, सरिता सारु , झलक श्रेर्पाली चयन भएका छन । सदस्यहरु जगत कार्की, सर्मिला परियार, कमला कार्की, सन्जु सेन, मन म सुनार, तमलाल सुनार, सन्जय यादव, सुनिता शाही, उमेश चौधरी, अम्मी रोका, शम्भु पण्डित, अजय , राजेश शाह र सुवास रसाइली रहेका छन । कविता कार्कीले संचालन गरेकी थिइन भने स्वागत मन्तव्य सरिता सारुले राखेको थिइन ।