Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हुरीका कारण क्यालिफोर्नियामा नयाँ ठाउँमा डढेलो लाग्ने खतरा

हुरीका कारण क्यालिफोर्नियामा नयाँ ठाउँमा डढेलो लाग्ने खतरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०८१ मंगलवार • ०७:१७:५४ बजे
  • 772
    SHARES
  • हुरीका कारण क्यालिफोर्नियामा नयाँ ठाउँमा डढेलो लाग्ने खतरा

    अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस सहरमा जङ्गलमा लागेको डढेलो मत्थर हुने कुनै सङ्केत छैन । डढेलो सुरु भएको एक हप्ता भन्दा बढी भइसकेको छ । यस्तोमा नयाँ क्षेत्रमा डढेलो लाग्ने सम्भावना बढेको छ । 

    images


    लस एन्जलस वरपरको दक्षिण–पश्चिमी क्यालिफोर्नियाको ठुलो भाग बुधवारसम्ममा भीषण आगलागीको खतरामा रहेको समाचार एजेन्सी एपीले एउटा समाचारमा भनेको छ ।


    अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार सोमबार राति लस एन्जलसमा ४५ देखि ५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको थियो । यो हुरी मंगलबार १२० किलोमिटर प्रतिघण्टाको गतिमा पुग्न सक्ने बताइएको छ । यसले अन्य क्षेत्रमा डढेलो भड्काउन सक्ने बताइएको छ । लस एञ्जलको जङ्गलमा फैलिएको डढेलो बस्तीमा पस्दा अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ ।


    डढेलो जनवरी ७ मा देखि सुरु भएको थियो । एक हप्ता बितिसक्दा पनि यो पूर्ण रूपमा नियन्त्रणमा आएको छैन । सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिएपछि डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्षेत्रहरूको भ्रमण गर्न सक्नेछन् । रोयटर्सका अनुसार लस एन्जलसको डढेलोमा अहिलेसम्म १ खर्ब ३५ अर्ब देखि १ खर्ब ५० अर्ब डलरसम्मको क्षति भएको छ ।

  • सम्बन्धित विषय:

  • # डढेलो लाग्ने खतरा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology