Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रुसमाथि युक्रेनले गर्‍यो अहिलेसम्मकै ठुलो हमला

रुसमाथि युक्रेनले गर्‍यो अहिलेसम्मकै ठुलो हमला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०८१ बुधवार • ०४:१२:३८ बजे
  • 541
    SHARES
  • रुसमाथि युक्रेनले गर्‍यो अहिलेसम्मकै ठुलो हमला

    युक्रेनले रुसका कयौं स्थानमा आक्रमण गरेको छ । सन् २०२२ को शुरुमा दुई देशबीच युद्ध शुरु भएयताको यो सबैभन्दा ठुलो आक्रमण भएको दाबी युक्रेनको छ । धेरै क्षेत्रहरूमा गोलाबारुदका डिपो र रासायनिक प्लान्टहरूलाई लक्षित गरिएको युक्रेनी सशस्त्र बलले बताएको थियो ।

    images

    यीमध्ये केही सीमाबाट सयौँ किलोमिटर टाढा थिए । युक्रेनको गुप्तचर निकायले बीबीसीलाई बताएअनुसार यो आक्रमण रुसी क्षमतामाथि पीडादायी प्रहार थियो । तर युक्रेनले प्रहार गरेको एटीएसीएमएस मिसाइल र स्टर्म श्याडो क्रुज मिसाइललाई खसालेको दाबी रुसको छ ।

    यो आक्रमणको जवाफ दिने रुसले बताएको छ । युक्रेन आक्रमणका कारण दक्षिणपश्चिमी रुसी शहर साराटोभमा विद्यालयहरू बन्द गरिएका छन् ।

  • सम्बन्धित विषय:

  • # ठुलो हमला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology