Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजना हुने 'सोनाम ल्होछार २८६१' सांगीतिक कार्यक्रमको तयारी तीव्र

नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजना हुने 'सोनाम ल्होछार २८६१' सांगीतिक कार्यक्रमको तयारी तीव्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०८१ बुधवार • १८:३२:४१ बजे
  • 1.7K
    SHARES
  • नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजना हुने  'सोनाम ल्होछार २८६१' सांगीतिक कार्यक्रमको तयारी तीव्र

    वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने 'सोनाम ल्होछार २८६१' को अवसरमा आयोजना हुने सांगीतिक कार्यक्रमको तयारी तीव्र पारेका छन ।

    images

    कुवेतस्थित जिलिवको अबरयर इन्डियन इन्टरनेशनल स्कूलको सभाहलमा आगामी १४ फेब्रुअरी २०२५ मा हुने सांगीतिक प्रस्तुतिका नेपाल बाट अतिथि कलाकारहरु सुरेश लामा र सुमिना लो तामाङ आउने भएका छन । कार्यक्रममा स्थानीय कलाकारको समेत विविध सास्कृतिक प्रस्तुति रहने छ ।

    9122F9DA-4B20-4853-BBEB-4D86AD45B488.jpeg

    प्रवास रहेर पनि तामाङ समुदायको सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सांगीतिक कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ । तामाङ समुदायको भाषा, कला र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार गर्ने हेतुले सो कार्यक्रमको आयोजना गरिएको हो ।

    उक्त दिन हुने सांगीतिक कार्यक्रममा कुवेतमा रहेको नेपाली दूतावास, क्रियाशील नेपाली संघ - सस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुवेतमा कार्यरत सम्पूर्ण नेपालीहरु उपस्थित भई कार्यक्रम भब्य रुपमा सम्पन्न गर्नको लागी आयोजकले अपिल गरेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology