Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने

इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०८१ बिहिवार • ०४:४०:४२ बजे
  • 748
    SHARES
  • इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने

    इजरायल र विद्रोही समूह समास १५ महिना लामो युद्ध समाप्त गरेर १९ जनवरी अर्थात् आउँदो आइतबारदेखि लागू हुने युद्धविराम सम्झौताको मुकाममा पुगेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको पुष्टि गरेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

    images

    जसमा पूर्ण एवं समग्र युद्धविराम, गाजाबाट इजरायली सेना फिर्ता र हमासले राखेका सबै बन्दीहरुको रिहाईलाई महत्वपूर्ण रुपमा समेटिएको बताइएको छ । बाइडेनका अनुसार पहिलो चरणमा प्यालेस्टाइनीहरुलाई उनीहरुका आफन्तसँग मिलन गराउने र घर फिर्ती तथा गाजापट्टीमा अधिक मानवीय सहायताको अनुमति दिइनेछ । हमासले ७ अक्टुबर २०२३ मा इजरायलमा आक्रमण सुरु गरेको थियो ।

    जसमा अहिलेसम्म १२ सय जना मारिएका छन् भने २५१ जनालाई बन्धक बनाएर गाजा लगेको बताइन्छ । हमासले आफुहरुले सुरु गरेको आक्रमणले गाजामा ठूलो परिमाणको इजरायली आक्रमण निम्त्याएको र जस दौरान ४६ हजार बढी प्यालेस्टाइनी मारिएको प्रतिक्रिया दिएको छ ।

    इजरायलले ९४ बन्दी अहिले पनि हमाससँग रहेको र जसमध्ये ३४ जनालाई मृत मानिएको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # युद्धविराम लागू हुने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology