Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष चार नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकार ढाल्न खोजेको प्रमाण माग गरे

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष चार नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकार ढाल्न खोजेको प्रमाण माग गरे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०७७ मंगलवार • १७:१८:०१ बजे
  • 2.2K
    SHARES
  • कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष चार नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकार ढाल्न खोजेको प्रमाण माग गरे

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष चार नेताले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकार ढाल्न खोजेको प्रमाण माग गरेका छन् ।

    images

    प्रधानमन्त्री ओलीले दुई दिनअघि भारतले आफू नेतृत्वको सरकार ढाल्न खोजेको र त्यसमा नेपालका नेताहरु पनि लागिपरेको गुनासो गरेका थिए ।

    प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल तथा उपाध्यक्ष बामवेद गौतमले भारतले सरकार ढाल्न खोजेको भन्ने ओलीको अभिव्यक्तिलाई पुष्टि गर्न माग गरेका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

    ओलीलाई नेताहरुले नेपाली नेताहरुको नाम भन्न र प्रमाण देखाउनका लागि आग्रह गरेका छन् । बिना आधार गरिएको भए आपत्तिजनक भएको भन्दै नेताहरुले जनतामा गलत सन्देश गएको टिप्पणी गरेका छन् ।

    यसैबीच नेताहरुको प्रश्न सुनेपछि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएका छन् । उनी खाजा ब्रेकपछि बैठकबाट बाहिरिएको एक नेताले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology