Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टर्कीको रिसोर्टमा आगलागी, मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो

टर्कीको रिसोर्टमा आगलागी, मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ९, २०८१ बुधवार • ०८:१६:५२ बजे
  • 457
    SHARES
  • टर्कीको रिसोर्टमा आगलागी, मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो

     टर्कीको एक प्रसिद्ध स्की रिसोर्टमा भएको आगलागीमा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ७६ पुगेको छ । टर्कीको गृह मन्त्रालयले यो जानकारी दिएको हो । यस आगलागी घटनामा मारिएका सबैको पहिचान भइसकेको छैन । 

    images

    टर्कीका स्वास्थ्यमन्त्री कमल मेमिसोग्लुले दुर्घटनामा ५१ जना घाइते भएको बताएका छन् । यी मध्ये एक जना आईसीयूमा छन् । बाँकी १७ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । यो आगो नियन्त्रणमा लिन १२ घण्टा लागेको थियो । 

    टर्कीका कानूनमन्त्रीले यस घटनामा ९ जनालाई पक्राउ गरिएको बताएका छन् । पक्राउ पर्नेहरूमा रिसोर्टका मालिक पनि छन् । 

    आगो कहिले सुरु भयो ?

    बोलुमा रहेको १२ तले ग्रान्ड कार्टल होटलमा मंगलबार स्थानीय समय अनुसार बिहान ३ः२७ बजे आगलागी भएको थियो । यतिबेला होटलमा २३४ जना पाहुना थिए । 

    बोलु टर्कीको राजधानी अंकाराबाट १७० किलोमिटर उत्तरपश्चिममा रहेको छ । स्थानीय रिपोर्टका अनुसार तापक्रम अत्यन्तै कम भएकाले दमकललाई त्यहाँ पुग्न एक घण्टाभन्दा बढी समय लागेको थियो । 

  • सम्बन्धित विषय:

  • # सङ्ख्या ७६ पुग्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology