Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘विप्लव’ नेकपा निकट युवा संगठन झापाका अध्यक्ष सम्राट पक्राउ

‘विप्लव’ नेकपा निकट युवा संगठन झापाका अध्यक्ष सम्राट पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २२, २०७७ बिहिवार • ११:५४:०९ बजे
  • 1.6K
    SHARES
  • ‘विप्लव’ नेकपा निकट युवा संगठन झापाका अध्यक्ष सम्राट पक्राउ
    झापा – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन झापाका जिल्ला अध्यक्ष सम्राट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    उनलाई पक्राउ गरेर अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

    सोमबार बेलुका घरमा परिवारसँग बसिरहेको अवस्थामा उनलाई गिरफ्तार गरिएको भन्दै विप्लव माओवादीले तत्काल रिहाइ गर्न माग गरेको छ। आइतबार मात्रै उक्त संगठनले झापाको शिवसतासिमा पार्टीको जिल्ला चौथो सम्मेलन सम्पन्न गरेको थियो। अध्यक्षमा पक्राउ परेका सम्राटलाई चुनेको थियो।

    संगठनका मेची–कोशी ब्युरो संयोजक नुलुकले एक प्रेस विज्ञप्ति जारी गर्दै रिहाइको माग गरेका हुन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology