Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निरेम सांगीतिक उत्सवको तयारी तीब्र, तृष्णा गुरुङ, हिमाल सागर र फकिरले कुवेत तताउने

निरेम सांगीतिक उत्सवको तयारी तीब्र, तृष्णा गुरुङ, हिमाल सागर र फकिरले कुवेत तताउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०८१ शनिवार • १७:२२:२७ बजे
  • 1.5K
    SHARES
  • निरेम सांगीतिक उत्सवको तयारी तीब्र, तृष्णा गुरुङ, हिमाल सागर र फकिरले कुवेत तताउने

    कुवेत - निरेम प्रोडक्सनको आयोजना र बीइसी एक्सचेन्जको मूख्य प्रायोजनमा हुन लागेको निरेम साङ्गीतिक उत्सवको तयारी तीब्र पारिएको छ । सांगीतिक प्रस्तुति मार्फत चर्चित गायिका तृष्णा गुरुङ्ग, हिमाल सागर र कवि फकिरले कुवेत तताउने भएका हुन ।

    images

    कुवेतको जिलिबस्थित एस्पायर स्कुलमा आगामी २१ फेब्रुअरीमा हुने उक्त साङ्गीतिक उत्सवमा यि तीन श्रष्ठाहरुले आफ्नो प्रस्तुति दिने भएका हुन् । नेपाली संगित, कला र साहित्यलाई प्रवासमा श्रमरत नेपाली समुदायका श्रमिकसँग जोड्ने मूल उदेश्यका साथ आयोजित यस कार्यक्रममा चर्चित गायिका तृष्णा गुरुङको बिभिन्न साङ्गीतिक प्रस्तुति रहनेछ । त्यस्तै, युवा तन्नेरीहरुका लोकप्रिय गायक हिमाल सागरको पूराना तथा सदाबहार गीत प्रस्तुत हुनेछ । साथैं, कवि तथा पत्रकार सुरेश बुढाथोकी 'फकिर' को प्रवास बिशेष कविता र गजलको प्रस्तुति रहने आयोजक निरेमले जनाएको छ ।

    गायिका गुरुङ्गको गाइने दाजैले सारङ्गी रेट्दामा, माया पिरती, खनिहो यामू लगायत धेरै गीत चर्चित छन । युवापिढी माझ लोकप्रिय तथा सन् २०१० ताका असाध्यै चर्चित हिमाल सागरको 'न मैले लेखें, मेरो माया मारेपछी तिमि त धेरै नामी भईछौँ , ए हो र माया' बोलका गीत लगायत अन्य बिभिन्न गीतहरु रुचाईएका गीत हुन् । यसपाली कार्यक्रमलाई फरक प्रस्तुतीले समेट्ने उदेश्य सहित कवि तथा लेखक फकिरको कविता र गजलको प्रस्तुति पनि समेट्न लागिएको निरेम साङ्गीतिक उत्सव २०२५ का संयोजक सुरेन्द्र लिम्बुले बताए । उक्त सांगितिक उत्सवमा हजारबढी नेपाली संगीत तथा साहित्यप्रेमी दर्शको उपस्थिति रहने अपेक्षा गरिएको छ भने कार्यक्रममा मादक पदार्थ लगायत कुवेतको कानुनले वर्जित गरेको पदार्थहरु सेवन नगरी सभ्य तथा मर्यादित तरिकाले उपस्थित भई मनोरञ्जन लिईदिन संयोजक लिम्बुले आग्रह गरेका छन् ।

    बिगतदेखी रक्तदान लगायत सामाजिक कार्य, समस्यामा परेका श्रमिकको उद्दार तथा राहत, खेलकुद, सूचना तथा संचारमा संकृय निरेमले यसपाली स्थानी पर्व हाला फेव तथा भ्यालेन्टाईनडे को अवसर पारेर सांगितिक उत्सव आयोजना गर्न लागेको हो । बिईसी एक्सचेन्ज मुख्य प्रायोजक रहेको उक्त उत्सवको जजिरा एयरलाईन्स एयर पार्टनर ,डाम्पा चौतारी रेष्टुरेन्ट हिमालयन रेस्टुरेन्ट,वक एण्ड गो रेस्टुरेन्ट, अरबिका कफी हाउस,एसियन चुलो , नमस्ते रेस्टुरेन्ट रएभरेस्ट रेस्टुरेन्ट हस्पिटालिटी पार्टनर रहेको छ । । त्यस्तै मनकामना एयर कार्गो, एल आर लेडिज् सलुन कार्गो र ब्युटी पार्टनरका रुपमा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology