Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

छ जना इजरायली बन्धकहरूलाई रिहा गर्दै हमास

छ जना इजरायली बन्धकहरूलाई रिहा गर्दै हमास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०८१ सोमवार • ०४:४४:४२ बजे
  • 604
    SHARES
  • छ जना इजरायली बन्धकहरूलाई रिहा गर्दै हमास

    उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने बदलामा हमासले छ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने भएको छ ।

    images

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले यस हप्ता थप छ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसहरूलाई सोमबारदेखि आफ्नो घर फर्कन अनुमति दिइने बताएका हुन्।

    रिहा गरिने बन्धकमध्ये एक नागरिक अर्बेल येहुद पनि छन्। आम नागरिकको रिहाइ नहुँदा इजरायलले उत्तरी गाजाका मानिसहरूलाई आफ्नो घर फर्कन अनुमति दिएको छैन। हमासले शनिबार चार जना बन्धकहरूलाई रिहा गरेको थियो तर त्यतिबेला अर्बेल येहुदलाई भने रिहा गरेन।

    इजरायलले हमासमाथि युद्धविराम सम्झौताका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको थियो। सम्झौता अनुसार पहिले इजरायली नागरिकलाई रिहा गर्नु पर्ने थियो। गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि, हमासले सात बन्धकहरूलाई रिहा गरेको छ।

    इजरायलले बदलामा २ सय प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।

  • सम्बन्धित विषय:

  • # रिहा गर्दै हमास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology