Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अनुदान सहायता रोक्ने ट्रम्पको निर्णय स्थगित

अनुदान सहायता रोक्ने ट्रम्पको निर्णय स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १७, २०८१ बिहिवार • ०४:१०:४८ बजे
  • 733
    SHARES
  • अनुदान सहायता रोक्ने ट्रम्पको निर्णय स्थगित

    सबै प्रकारका वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णय ह्वाइटहाउसले स्थगित गरेको छ । विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइटहाउस पनि पछि हटेको हो ।

    images

    राष्ट्रपति ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरिसकेपछि विभिन्न मुलुकलाई बाँड्दै आएको अनुदान सहयोग ९० दिनसम्मका लागि स्थगित गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । त्यसपछि सबै देशहरुमा निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको थियो ।

    यो निर्णयले अमेरिकी सरकारको सहायतामा पर परेका लाखौं व्यक्तिहरुमा त्रास फैलिएको भन्दै जिल्ला अदालतका न्यायाधीश लोरेन अली खानको इजलासले निर्णय तत्काल यथास्थितिमा राख्न आदेश दिएको बीबीसीले जनाएको छ ।

    ट्रम्पको निर्णयले विश्वभर अमेरिकाको सहयोगमा सञ्चालित स्वास्थ्य, शिक्षा र विकाससँग सम्बन्धित कयौं प्रोजेक्टहरु बन्द हुने र ती क्षेत्रमा संलग्न व्यक्तिहरुको रोजगारी पनि संकटमा पर्ने चिन्ता व्यक्त हुँदै आएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology