Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इरानको चेतावनी : ‘परमाणु सुविधामा दख्खल दिए ठूलो युद्ध हुन्छ’

इरानको चेतावनी : ‘परमाणु सुविधामा दख्खल दिए ठूलो युद्ध हुन्छ’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०८१ शनिवार • ०७:१०:२९ बजे
  • 784
    SHARES
  • इरानको चेतावनी : ‘परमाणु सुविधामा दख्खल दिए ठूलो युद्ध हुन्छ’

    इरानी विदेशमन्त्री अब्बास घराघचीले इरानको परमाणु सुविधामा इजरायल वा अमेरिकाले कुनै प्रकारको दख्खल दिए ‘पूर्ण युद्ध हुने’ बताएका छन् ।

    images

    कतार यात्राका दौरान उनले इरानी परमाणु सुविधामाथि सैन्य आक्रमण गर्नु अमेरिकाको सबै भन्दा ठूलो ऐनिहासिक गल्ती हुने चेतावनी दिएका हुन् । आफुहरु कुनै पनि आक्रमणको तत्काल तथा निर्णायक जवाफ दिन तयार रहेको र यो क्षेत्रमा पूर्ण रुपमा युद्ध छेडिने विदेशमन्त्री घराघचीले बताएका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालका दौरान अमेरिकी प्रतिबन्धलाई थप कडा बनाउँदै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई इरानका परमाणुस्थलमा आक्रमण गर्ने अनुमति दिन सक्ने भन्दै इरानमा चिन्ता बढेको छ ।

    दोहामा रहँदा घराघचीले कतारका प्रधानमन्त्री र विदेशमन्त्री शेख मोहम्मद बिन खब्दुलरहमान बिन जसीम अल थानीसँग भेटघाट गरेर प्रमुख क्षेत्रीय मुद्दामा छलफल गरेको बताएका छन् ।

    भेटघाटका क्रममा गाजा युद्धविरामको मध्यस्तता गर्ने कतारको भूमिकाको स्रहाना गर्दै अब सबै मुद्दा सुल्झिने घराघचीले विश्वास व्यक्त गरेका बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # ठूलो युद्ध हुन्छ’
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology