Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

देशमा ठूलो आन्दोलनको आवश्यकता महसुस हुन थाल्यो : प्रचण्ड

देशमा ठूलो आन्दोलनको आवश्यकता महसुस हुन थाल्यो : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०८१ आइतवार • ११:५०:१२ बजे
  • 523
    SHARES
  • देशमा ठूलो आन्दोलनको आवश्यकता महसुस हुन थाल्यो : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा ठूलो आन्दोलनको आवश्यकता महसुस आफूले गरेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित संविधान निगरानी समूह र आईएसएसआर ले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

    images

    ‘नेपालमा एउटा ठूलो आन्दोलन आवश्यक हो कि भनेर मलाई नै लाग्न थालेको छ,’ प्रचण्डले भने, ‘के देशले फेरि एउटा अर्को आन्दोलन खोजेको हो ?’ उनले जनतामा निराशा बढेको बढ्यै भएकाले विस्तारै मानिसहरूमा आन्दोलनको कुरा मनमा आइरहेको जिकिर गरे । ‘जनतामा निराशा बढेको बढ्यै छ ।

    अब प्रश्न चाहिँ विस्तारै मानिसहरूको मनमा आउँदैछ,’ उनले भने । साथै, आफू विद्रोहतर्फ जानै लागथेको भन्ने अर्थ चाहिँ नलगाउन पनि उनले आग्रह गरे । ‘विद्रोह गर्ने निष्कर्षमा पुगेँ भन्ने अर्थ नलागोस् ।

    युवाहरूमा देखिएको फ्रस्टेशन देख्दा नेतृत्वले पनि संविधान मिच्ने काम गर्दै आएको छ,’ उनले भने । साथै, उनले अहिलेको सरकार संविधानसम्मत नभएको पनि जिकिर गरे । ‘यो सरकार बनेको पनि संविधानसम्मत विल्कुल लागेकै छैन,’ प्रचण्डले भने ।

  • सम्बन्धित विषय:

  • # देशमा ठूलो आन्दोलन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology