Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इजरायल र हमासबिचको युद्ध विराम सम्झौताबारे ट्रम्पले दिए यस्तो चेतावनी

इजरायल र हमासबिचको युद्ध विराम सम्झौताबारे ट्रम्पले दिए यस्तो चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०८१ मंगलवार • १४:३१:३३ बजे
  • 610
    SHARES
  • इजरायल र हमासबिचको युद्ध विराम सम्झौताबारे ट्रम्पले दिए यस्तो चेतावनी

    हमासले बन्धक बनाइएका सबै नागरिकलाई रिहा नगरे इजरायलसँगको युद्ध विराम सम्झौता रद्द गर्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । आफूले एक वा दुई जनालाई मात्र होइन, सबै बन्धकहरूलाई रिहा गर्न चाहेको पनि उनले बताए ।

    images

    इजरायलले युद्ध विराम सम्झौता उल्लङ्घन गरिरहेकोले बन्धकहरूको रिहाइमा अवरोध गरिरहेको हमासले सोमबार बताएको छ ।

    ‘विगत तीन हप्तामा हाम्रो नेतृत्वले देख्यो कि शत्रुले बारम्बार युद्ध विराम सम्झौताको उल्लङ्घन गरिरहेको छ र सम्झौताका सर्तहरू पालना गरेको छैन,’ हमासले आफ्नो विज्ञप्तिमा भनेको थियो । हमासको यस विज्ञप्तिको प्रतिउत्तरमा इजरायलले पनि बन्दीहरूलाई रिहा नगर्नु सम्झौताको उल्लङ्घन भएको बताएको थियो ।

    हमास र इजरायलबिचको युद्ध विराम सम्झौता जनवरी १९ मा लागू भएको थियो । हमासले त्यसयता १६ इजरायली र पाँच थाई बन्धकहरूलाई रिहा गरिसकेको छ । यसको बदलामा, इजरायलले ५६६ कैदीहरूलाई रिहा गरेको छ ।

  • सम्बन्धित विषय:

  • # दिए यस्तो चेतावनी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology